ड्रिंक एण्ड ड्राइभपछि प्रदेश प्रमुख सचिवालयको सवारी नियन्त्रणमा

पाेखरा | असार २, २०८०

ड्रिंक एण्ड ड्राइभपछि प्रदेश प्रमुख सचिवालयको सवारी नियन्त्रणमा

पोखरा:   गण्डकी प्रदेश प्रमुखका सचिवालय सवारी चालकले मापसे गरेर चलाएको सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सचिवालयको सवारी साधन ग १ झ २६३ नम्बरको सुमो गाडी र चालक प्रदीप बरालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएका हुन् ।

 

शुक्रबार अपरान्ह ४ बजेको समयमा पोखराको पामेबाट पोखरा आउँदै गर्दा गाडी र चालक बराललाई नियन्त्रणमा लिएको हो । 


बरालले मापसे गरी सवारी चलाएको थाहा भएपछि विद्यार्थी नेता डिफान भुजेलको नेतृत्वले उक्त सवारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो । 

 

मापसे गरी सवारी चलाएका चालक बराललाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा बुझाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्